
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं। तेह्रथुममा कोशी प्रदेशको मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका छन् । पहिचान पक्षधरले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाएका हुन् ।
तेह्रथुमको बसन्तपुरबाट म्यालुङ जाने क्रममा बुधबार बिहान जिरिखिम्तीमा मुख्य मन्त्रीलाई कालो झण्डा देखाएका हुन् । आन्दोलनरत पहिचान पक्षधरले प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गर्दै २०८० माघ २६ मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरुप परिवर्तन गरेको थियो ।
नेताहरूको यात्रामा अवरोध नगर्ने सहमति गरेको थियो । तर, बुधबार मुख्यमन्त्री तेह्रथुमको म्याङलुङ जाने क्रममा पुनस् कालो झण्डा देखाएका हुन् ।
मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच सामान्य धकेलाधकेल भएको थियो । पहिचान पक्षधरले पहिचानको आधारमा नाम राख्न माग गर्दै मुख्यमन्त्री कार्कीविरुद्ध प्रदर्शन गरे ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार १०/१२ जनाको समूहले मुख्यमन्त्रीलाई कालोझण्डा देखाउन खोजेको थियो । तर, प्रहरीले रोकेको उनले बताए । ‘बसन्तपुरबाट म्याङलुङ आउने क्रममा जिरी बजारमा कालो झण्डा देखाउन खोजिएको थियो,’ उनले भने,‘ प्रहरीले रोक्यो ।’
१७ फागुन २०७९ मा हिक्मतकुमार कार्कीको नेतृत्वमा प्रदेशको नाम कोशी राखिएको थियो । प्रदेशसभामा मतदान गर्दा ९३ सांसद मध्ये ८२ सांसदले कोशीको पक्षमा मतदान गरेका थिए । प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij