Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उपकुलपति प्राडा केशरजंग बराललाई भेट्न अब पहिले नै समय लिनुपर्ने जनाएको छ। एक सूचना जारी गर्दै त्रिविले समय व्यवस्थापनको लागि अग्रिम समय लिनुपर्ने व्यवस्था गरिएको जानकारी दिएको हो।
त्रिविले अग्रिम समय लिनको लागि क्यूआर प्रयोग गरि अग्रिम समय लिन सकिने जनाएको छ।
‘त्रिविका विभिन्न शैक्षिक, प्रशासनिक एवं अनुसन्धानलगायतका विविध विषयमा छलफल गर्न उपकुलपति प्राडा केशरजंग बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि तल उल्लेखित क्यूआर प्रयोग गरी अग्रिम समय लिनुहुन सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावकलगायत सबैमा अनुरोध छ।’ सूचनामा उल्लेख छ ।
उक्त क्यूआर त्रिविले आफ्नो वेबसाइटमा राखेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij