Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

विदेश जान नपाएपछि आत्महत्याको प्रयास !

विदेश जान नपाएपछि आत्महत्याको प्रयास !

  • काठमाडौं । शंखमुलको पुलबाट हामफाल्न खोजेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । पुलबाट बागमती नदीमा हामफाल्न खोजेका २६ वर्षीय युवकलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उद्धार गरेको हो ।

    images
    images
    images

    मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवक कपडा खोलेर पुलबाट बागमती नदीमा हामफाल्न खोजेका थिए ।उनलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको ललितपुर परिसरले जनाएको छ । प्रहरी अनुसन्धानका क्रममा विदेश जान नपाएपछि ती युवकले आत्महत्या गर्न खोजेको खुलेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij