Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

बढ्यो नुनको मूल्य !

बढ्यो नुनको मूल्य !

  • काठमाडौं । खाने नुनको मूल्य साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो ।

    साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको मूल्‍य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्‍यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनको २६ रुपैयाँ पर्ने भएको छ । त्यस्तै न्यू शक्ति नुनको मुल्य प्रतिकिलो २० रुपैयाँ पर्ने भएको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो ।

    यस्तै भानु नुनको मूल्य भने  यथावत् राखेको साल्ट ट्रेडिङले  जनाएको छ । साल्ट ट्रेडिङले भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij