Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

असई थमन विक हत्यामा दोषी ठहर भएका पूर्वसांसद यादव पक्राउ

असई थमन विक हत्यामा दोषी ठहर भएका पूर्वसांसद यादव पक्राउ

  • काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन विक हत्यामा जन्मकैदको सजाय पाएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।

    images
    images
    images

    महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मा र सांसद यादवसहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

    फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई आइतबार नै जिल्ला अदालत महोत्तरीमा उपस्थित गराइएको छ ।

    हाल लोसपाका नेता रहेका उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेश सांसद बनेका थिए । सजाय सुनाइए पनि उनी लामो समयदेखि फरार सूचीमा थिए ।

    २०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निष्काशन गरेपछि लोसपाबाट चुनाव लडेर हारेका थिए ।

    यो प्रकरणमा अभियुक्त रहेका एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले भने सफाइ पाएका थिए ।

    मधेस आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो । उक्त मुद्दामा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij