
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले पक्राउ गरेको छ । कथित मदिरा नीति घोटाला प्रकरणमा सीबीआईले बुधबार बिहान राउज एभिन्यू कोर्ट (ट्रायल कोर्ट)बाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ईडीले उनलाई सोही आरोपमा मार्च २१ मा पक्राउ गरेको थियो । उनी पछिल्लो ८७ दिनदेखि तिहार जेलमा छन् ।
पक्राउ परेपछि केजरीवालले सर्वोच्च अदालतमा दायर जमानत याचिका फिर्ता लिएका छन् । एभिन्यू कोर्टले उनलाई मनी लान्ड्रिङ मुद्दामा जुन २० मा जमानत दिएको थियो । तर, त्यसविरूद्ध ईडी उच्च अदालत पुगेको थियो । उच्चले उक्त आदेशलाई खारेज गरेको छ ।
त्यसविरूद्ध केजरीवालले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij