Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । ललितपुर महानगरपालिकाले विद्यालय र विद्यार्थीहरूको सम्पदा संरक्षणमा प्रत्यक्ष भूमिका रहने गरी ‘एक विद्यालय एक सम्पदा संरक्षण’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
बुधवार आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै उक्त कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। उनले शैक्षिक सत्र २०८० को परीक्षाको नतिजालाई आधार वर्ष मानी लक्ष्यमा आधारित सिकाइ सुधार गर्दै जाने नीति अवलम्बन गरिने पनि पाँचौँ नगरसभाको बैठकमा पेश गरेका छन्।
उनले भने, ‘महानगरको आवश्यकतालाई मध्यनजर गर्दै प्राविधिक जनशक्तिको उत्पादन, विकास र विस्तार गर्न महानगरपालिकाको लगानीमा एउटा सरकार (सामुदायिक) विद्यालयलाई प्राविधिक धार कक्षा ९-१२ को विद्यालयका रुपमा विकास गरिनेछ।’
उनले सम्पदा संरक्षणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने विद्यालयलाई पुरस्कृत गरिने, पाटन दरबार क्षेत्रमा ‘भेहिकल फ्री जोन’ बनाउन प्रयास गर्ने, साइकल र पदयात्रालाई प्रोत्साहन गर्ने लगायत नीति लिएको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij