Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नगरपालिकाले सम्झौता नगरेरै १२ लाख रुपैयाँ भुक्तानी गरेपछि...

नगरपालिकाले सम्झौता नगरेरै १२ लाख रुपैयाँ भुक्तानी गरेपछि...

  • काठमाडौं । कञ्चनपुर पुनर्वास नगरपालिकाले सम्झौता नगरेरै १२ लाख रुपैयाँ भुक्तानी गरेको पाइएको छ। प्रति विद्यालय तीन लाखका दरले सो नगरपालिकाले सम्झौता बिना नै चारवटा विद्यालयलाई १२ लाख रुपैयाँ बाँडेको हो।

    onlinepatrika
    Arghakhachi

    सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११३ मा खरिद सम्झौता बमोजिम सार्वजनिक निकायले रनिङ बिल तथा अन्य कुनै बिल बीजकको भुक्तानी गर्दा करारका सर्त बमोजिम भुक्तानी गर्नुपर्ने उल्लेख छ।

    AGNI GROUP

    तर पुनर्वास नगरपालिकाले भने आर्थिक वर्ष २०७८/७९ मा कार्यालय र विद्यालयबिच राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय र नगरपालिकाबिच रकम व्यहोर्ने गरी सम्झौता भएकोमा आर्थिक वर्ष २०७९/८० मा भने कुनै सम्झौता नै नगरेर प्रति विद्यालय तीन लाखका दरले चारवटा विद्यालयलाई १२ लाख रुपैयाँ वितरण गरिएको हो।

    चन्द्रलाल आधारभुत विद्यालय, सरस्वती माध्यामिक विद्यालय, रामबुद्ध माध्यामिक विद्यालय र जनकल्याण माध्यामिक विद्यालयलाई सम्झौता नगरेरै १२ लाख रुपैयाँ वितरण गरेको पाइएको छ। यो अनियमित रुपमा वितरण गरिएको रकम हो। यसका साथै पुनर्वास नगरपालिकाले आवश्यकता भन्दा बढी भुक्तानी गर्ने काम गर्दै आएको समेत पाइएको छ। सो नगरपालिकाले प्याराताल कृषक समुहलाई ४३ हजार १२४ रुपैयाँ बढी भुक्तानी गरेको छ।

    त्यस्तै मालिका महिला कृषक समुहलाई ४३ हजार १९३, नवोदय तरकारी खाद्यन्न कृषक समुहलाई ४३ हजार १४८, भृकुटी कृषिबाली कृषक समुहलाई ४३ हजार १४८, प्रेरणा कृषक समुहलाई ४३ हजार १८३, सुनौली कृषक समुहलाई ४३ हजार ४३ र लालीगुँरास तरकारी उत्पादन कृषक समुहलाई ४३ हजार ३२७ रुपैयाँ गरेर कुल तीन लाख २ हजार १६४ रुपैयाँ बढी भुक्तानी गरेको पाइएको छ। यसका साथै सो नगरपालिकाले खर्च भएको रकम पुष्टि गर्ने प्रमाणबिना नै थप तीन लाख ९९ हजार २७५ रुपैयाँ बाँडेको समेत फेला परेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij