
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । निक्षेप अपचलन गरेर फरार रहेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहँ घर भएका संस्थाका अध्यक्ष तेज व्रिकम थापा, ललितपुर घर भएका व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरु भिमसेन महर्जन र सञ्जय सापकोटा छन् ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । थापा दुई मुद्दामा कारबाही भोगिसकेको र तीन मुद्दामा फरार रहेको पाइएको छ ।
उनीहरुविरुद्ध ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ निक्षेप अपचलन गरेको आरोप छ । उनीविरुद्ध ५ सय ६६ जनाले जाहेरी दिएका थिए ।
२ हजार ५ सय ३१ जना बचतकर्ताको बचत अपचलन गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथ मोबाइल, चेक, पेन ड्राइभ, गाडि बरामद गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij