Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

क्याम्पस प्रमुखको हत्याविरुद्ध प्रदर्शन

क्याम्पस प्रमुखको हत्याविरुद्ध प्रदर्शन

  • काठमाडौं । कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुखको हत्याको विरोधमा प्रदर्शन भएको छ । खजुरिया टोल बस्ने ५० वर्षीय हरीभूषण कुशवाहाको हत्याविरुद्ध जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बाराअगाडि शनिबार मृतकका आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    प्रदर्शनकारीले हत्यारालाई सार्वजनिक गर्न र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

    यसैबीच क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

    शुक्रबार साँझ करिब साढे ५ बजे आदर्श कोतवाल गाउँ पालिका– ३ बातरा हुँदै मोटरसाइकलमा कलैया जाने क्रममा अपरिचित समूहले गोली हानी कुशवाहाको हत्या गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij