
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । काठमाडौं गोकर्णेश्वरमा जुवा खेल्ने २२ जना टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रूपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij