Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अत्यधिक गर्मी बढेपछि वीरगञ्जमा थप तीन दिन सबै विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि वीरगञ्जमा थप तीन दिन सबै विद्यालय बन्द

  • काठमाडौं । वीरगञ्ज महानगरपालिकाले गर्मीले विद्यार्थी मुर्छित हुन थालेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने भन्दै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर तीन दिन गर्मी बिदा थप गरिएको बताए ।

    AGNI GROUP

    महानगरका विद्यालयलाई बिहान साढे १० बजेभित्रै पठनपाठन गराउन निर्देशन दिएको थियो तर, उक्त समयमा कक्षा सञ्चालन गर्दा पनि कक्षामा विद्यार्थी मुर्छित भएपछि थप तीन दिन गर्मी बिदा दिने निर्णय भएको उनले बताए ।

    महानगरको शिक्षा समितिको बैठकले जेठ १६ गतेदेखि १८ गतेसम्म गर्मीबिदा दिएको थियो । गर्मी बढ्ने क्रम जारी रहेकाले पुन महानगरपालिकाले तीन दिन गर्मी बिदा दिएको हो ।

    महानगरमा ९२ वटा सामुदायिक र एक सय ३८ निजी विद्यालय सञ्चालित छन् । मौसम विभागले मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट