
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ - नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार १८ सय रुपैयाँ बढेर तोलामा १ लाख ४४ हजार रुपैयाँ पुगेको हो । सुनमा भएको भन्सार कर वृद्धि र अन्तर्राष्ट्रियै भएको मूल्यवृद्धिको असर स्थानीय बजारमा देखिएको हो ।
महासङ्घका अनुसार बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij