
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरो र दिनारको मूल्य बढेको छ भने पाउण्डको विनिमय दर स्थिर रहेको छ ।
सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij