
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धन छाडेर विपक्षी गठबन्धनमा गएपछि जनमत पार्टीका अध्यक्ष सीके राउत विपक्षी गठबन्धनबाट अलग भएका छन् ।
माओवादी केन्द्रले कांग्रेसको गठबन्धन छाडेर एमालेसँग गठबन्धन बनाएपछि जनमत पार्टीका अध्यक्ष राउत कांग्रेससँगै विपक्षी गठबन्धनमा बसे । गठबन्धन धेरै हेरफेर गर्न नहुने भन्दै उनले विपक्षी मोर्चा नै रोजेका थिए ।
तर अहिले जसपा नेपालका अध्यक्ष यादव सत्ता गठबन्धन र सरकारबाट अलग भएपछि विपक्षी मोर्चामा गएका छन् । जसपा नेपाल विपक्षी मोर्चामा आएसँगै जनमत पार्टीका अध्यक्ष राउत भने त्यहाँबाट बाहिरिएर सत्ता गठबन्धनमा जाने तरखरमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij