Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पहेँलो धातु देखाई सुन ठगी...

पहेँलो धातु देखाई सुन ठगी...

  • काठमाडौं । सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक झापामा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारीका ३० वर्षीय सञ्चित शर्मालाई पक्राउ गरेको हो । 

    images
    images
    images

    शर्माले दमकको हाटबजार क्षेत्रमा ज्येष्ठ नागरिक र महिलाहरूलाई पहेँलो धातु देखाएर सुनका गरगहना सट्टापट्टा गरेका थिए । सोही उजुरीका आधारमा प्रहरीले उनलाई दमक नगरपालिका ६ बाट ५६.३१० ग्राम पहेँलो धातुसहित पक्राउ गरेको हो ।

    शर्मालाई झापा जिल्ला अदालतबाट ठगी कसुरमा म्याद थपका लागि कानुनी प्रक्रिया प्रारम्भ गर्नुका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij