Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

  • काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले सन्यासको घोषणा गरेका छन् । सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन् ।

    images
    images
    images

    सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनिल क्षेत्रीले आफ्नो सन्यासको जानकारी दिएका हुन् । सुनिल क्षेत्रीले भने, ‘देशका लागि पहिलो पटक खेल्ने मौका पाएको दिन म कहिल्यै बिर्सन सक्दिन ।’

    ४० वर्षका सुनिल क्षेत्रीले भारतका लागि १२ जुन २००५ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए । सुनिल क्षेत्रीले पनि पहिलो खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

    भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि सुनिल क्षेत्री हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij