Logo

Apr 06 2025 | २०८१, चैत २४ गते

Apr 06 2025 | २०८१, चैत २४ गते

ललितपुरमा पार्किङ गरेका गाडी श्रृंखलाबद्ध रुपमा चोरी

ललितपुरमा पार्किङ गरेका गाडी श्रृंखलाबद्ध रुपमा चोरी

  • काठमाडौं । ललितपुरमा पार्किङ गरेर राखेका गाडीहरु श्रृंखलाबद्ध रुपमा चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–३ घर भई ललितपुर महानगरपालिका–२ सानेपा बस्दै आएका २९ वर्षीय गणेश बहादुर गौतम छन् ।

    जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले काभ्रे प्रहरीसँग समन्वय गरेर उनलाई काभ्रेको भुम्लु गाउँपालिका–१० बाट पक्राउ गरेको हो ।

    ललितपुरमा पार्किङ गरेर राखेका बा १५ च ९८२५, बा १२ च ४७०६ र बा ७ च ७७० नम्बरको टाटा कम्पनीको पिकअप गाडीहरु श्रृंखलाद्ध रुपमा चोरी भएको थियो । जसमध्ये बा १५ च ९८२५ र बा १२ च ४७०६ गाडीहरु नैकाप र सतुङ्गलमा बेवारिसे अवस्थामा दुबै गाडीको ब्याट्र निकालिएको अवस्थामा भेटिएको थियो ।

    तयसैगरी बा ७ च ७७० नम्बरको को पिकअप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोला धादिङबाट नियन्त्रणमा लिइएको परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले बताए ।

    पक्राउ परेका गौतमविरुद्ध चोरीको कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij