Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

१० महिना सकिँदा ४० प्रतिशत बजेट खर्च हुन सकेन

१० महिना सकिँदा ४० प्रतिशत बजेट खर्च हुन सकेन

  • काठमाडौं । चालु वर्षको बजेट लक्ष्यको तुलनामा सरकारको खर्च आम्दानी निकै कम भएको छ । चालु वर्षको लागि १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट विनियोजन गरिएकोमा १० महिना सकिँदा १० खर्ब ५६ अर्ब रूपैयाँ मात्रै खर्च भएको छ। ४० प्रतिशत बजेट खर्च हुन बाँकी छ।

    images
    images
    images

    तालिकाअनुसार तिर्नुपर्ने सार्वजनिक ऋणको भुक्तानीको कारण वित्त व्यवस्थापन शीर्षकको खर्च बढे पनि चालु खर्च र पुँजीगत खर्च गत वर्षको यही अवधिको तुलानमा समेत कम भएको छ।

    images

    सार्वजनिक वित्त व्यवस्थापन शीर्षकमा तीन खर्ब सात अर्ब बजेट छुट्टाइएको थियो। १० महिनाको अवधिमा ६२ प्रतिशत अर्थात् एक खर्ब ९२ अर्ब खर्च भएको छ। गत वर्षको १० महिनाको अवधिसँग तुलना गर्दा यस्तो खर्च ४२ प्रतिशतले बढी हो ।

    गत वर्ष यो समयमा सार्वजनिक वित्त व्यवस्थापन शीर्षकको खर्च एक खर्ब ३५ अर्ब भएको थियो। 

    वैदेशिक अनुदानलाई गत वर्षको १० महिनासँग तुलना गर्दा ४२ % न्यून  छ। बेरुजु असुलीसहित अन्य प्राप्ति ३८ प्रतिशतले घटेको छ । अन्य प्राप्तिबाट गत वर्ष १० महिनामा ३६ अर्ब संकलन भएकोमा अहिले २२ अर्ब मात्रै छ ।  सरकारले आन्तरिक ऋण लक्ष्यअनुसार नै उठाए पनि वैदेशिक ऋण प्राप्ति भने निकै न्यून छ। 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij