
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । ललितपुर नख्खु दोबाटोमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । ललितपुर महानगरपालिका-४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको बसले प्रदेश १–०२–०५१ प ३८५० नम्बरको स्कूटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार बसको ठक्करबाट राइड शेयरिङका स्कुटर चालक महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने ४५ वर्षीय भोपाल अधिकारी र भक्तपुर बोडे बस्ने ४६ वर्षीया सविता थापा घाइते भएका थिए ।
उनीहरूलाई उपचारको लागि अल्का अस्पताल लगिएकोमा उपचारको क्रममा सविताको मृत्यु भएको हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij