Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रभु इन्स्योरेन्स अध्यक्षमा मल्ल चयन

प्रभु इन्स्योरेन्स अध्यक्षमा मल्ल चयन

  • काठमाडौं । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले अध्यक्षमा राजेन्द्र मल्ललाई चयन गरेको छ । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् ।

    images
    images
    images

    इन्स्योरेन्स सदस्यहरूमा सञ्चालकको तर्फबाट मिजास भट्टचन, राहुल थोकर लामा र शान्ता गौतम चयन भएका छन् भने सर्वासाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् ।

    नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यावसायिक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् ।

    प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए ।निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवम् व्यावसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij