Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

४ करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ

४ करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ

  • काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा टर्की पठाइदिने भन्दै ४ करोडभन्दा रूपैयाँ बढी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका कास्की पोखरा महानरगपालिका-५ घर भएका ४२ वर्षिया विनोद श्रेष्ठलाई सोमबार काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो ।

    images
    images
    images

    टर्कीको एक कम्पनीमा पठाइदिने भन्दै मिनबहादुर कार्कीलगायत १२४ जना व्यक्तिहरूबाट ४ करोड ३४ लाख ठगी गरी श्रेष्ठ फरार भएका थिए । पीडितले दिएको उजुरीको आधारमा चावहिलबाट श्रेष्ठलाई पक्राउ गरिएको हो ।

    श्रेष्ठले पीडितसँग सम्पर्क गरी सुरूमा ५० हजार प्रतिव्यक्ति लिएको र मिनबहादुरसहित ४ जनालाई भारतको दिल्लीमा पुर्याएर प्रतिव्यक्ति ३ लाख उठाएपछि भारतमा रहेका एजेन्टलाई सम्पर्क गराएर विश्वास दिलाएका थिए ।

    श्रेष्ठ ती चार जनालाई होटल राखेर फरार भएका थिए । १५ दिन होटलमा बस्दा पनि श्रेष्ठ सम्पर्कमा नआएपछि मिनबहादुरहरू नेपाल फर्किएका थिए ।

    त्यसपछि उनीहरूले प्रहरीमा उजुरी दिएका थिए । अहिले श्रेष्ठमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij