Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौं । सन्तान जन्माउन आमाले पटक-पटक मर्नु पर्छ बाँच्नु पर्छ आमालाई मात्र थाहा छ ती प्रसव पीडा टर्नु पर्छ बाँच्नु पर्छ खोजेर हेर आमाको ममता भन्दा ठुलो केही हुन्न संसारमा
आमा हुन आमाले नै यस संसारमा केही गर्नु पर्छ बाँच्नु पर्छ
आमा खोज्ने हरेक बाहरू जन्ती लिएर जान्छन् बेहुली लिन
आमा एक्लै आउँछिन् सभ्यता बसाल्न डर्नुपर्छ बाँच्नु पर्छ
आमा नबनेका नारीहरू चिच्याउँछन् कराउँछन् रे सडकमा
आमा बनेर हेर सन्तानको लागि बैतर्नी तर्नु पर्छ बाँच्नु पर्छ
आमा भन्दा महान् न कुनै राम, जिशश, अल्लाह, बुद्ध छन्
नजन्मी कुनै भगवान् चिनिन्न मानापाथी भर्नु पर्छ बाँच्नु पर्छ
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij