
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सुधारका लागि विभिन्न ५ वटा समिति गठन गरिएको छ । ती समितिहरूले आफ्नो काम गरिरहेका छन् ।
त्रिविले उत्तरपुस्तिका हराएको विषयमा अध्ययन गर्न पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो । उक्त समितिले अध्ययन गरेर आफ्नो प्रतिवेदन त्रिविलाई बुझाइएको छ ।
त्यस्तै प्राडा नवराज कँडेलको संयोजकत्वमा जनशक्ति तथा दरबन्दी पुनरावलोकन एवं व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिले त्रिविको दृष्टिकोण २०३० र उपकुलपतिको सोचपत्रबिच तादात्म्यता मिलाई विश्वविद्यालयमा नीतिगत एकरूपता कायम गर्न सुझाव दिनेछ ।
नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले त्रिविमा देखिएका विविध समस्या समाधान गर्न समितिहरू गठन गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij