Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बर्दियाको एमाले अध्यक्षमा अधिकारी विजयी

बर्दियाको एमाले अध्यक्षमा अधिकारी विजयी

  • काठमाडौं । बर्दियाको नेकपा (एमाले)अध्यक्षमा सालिकराम अधिकारी विजयी भएका छन् । दुई पटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै अधिकारी विजयी भएका हुन् ।

    images
    images
    images

    निर्वाचन समितिका अनुसार अधिकारीले १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत ल्याएका छन्  । त्यस्तै उपाध्यक्षमा दुर्गा ओली १७९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याए । 

    सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नैनबहादुर खत्री १६८ मत मात्र ल्याउन सके । उपसचिवमा लहनु थारु १७८ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी जीवन शाहीले १६८ मत मात्र ल्याउन ल्याएको निर्वाचन समितिले  जनाएको छ । 

    अर्को उपसचिवमा सङ्गीता थारु १८८ मतका साथ विजयी भइन् । थारुका प्रतिस्पर्धी मन्जुर शर्माले १५० मत मात्र ल्याइन् । 

    नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष सालिकराम अधिकारीले अलग–अलग प्यानल बनाएर निर्वाचनमा गएका थिए । बर्दिया इन्चार्ज एवम् अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष लीला गिरीले १०५ सदस्यीय जिल्ला कमिटी बन्ने बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij