
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दोश्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलवार सुर्खेतमा प्रदेश सरकारका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थीक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गा रावत रहेका छन्। यस्तै राज्यमन्त्री गोमता विकले पनि सपथ लिएकी छन् ।
यता कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहण बहिस्कार गरेका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलले सांसद विनोदकुमार शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले असन्तुष्टि जनाउदै आएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा दाबी गरेका शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उहाले शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij