Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

जालपादेवी केबलकार निर्माण कार्य शुरु

जालपादेवी केबलकार निर्माण कार्य शुरु

  • काठमाडौं । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य शुरु भएको छ । आज नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा पूजा गरेर निर्माण कामको शुभारम्भ गर्नुभएको हो ।

    images
    images
    images

    पाँच अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको केबलकारको लम्बाइ तीन किलोमिटर एक सय मिटर हुनेछ । केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । झण्डै १० मिनेटको यात्रा हुने केबलकारमा दैनिक छ हजार जना यात्रुलाई सेवा दिने क्षमता रहनेछ ।

    कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको आयोजना स्थलबाट शुरु हुने केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी,कैलाशधामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ ।

    चिसापानी–राजकाँडा केबलकार निर्माणसँगै पर्यटकका लागि होमस्टे र रिसोर्ट पनि निर्माण हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij