Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गाउँपालिका अध्यक्ष नै मानव बेचबिखनमा संलग्न

गाउँपालिका अध्यक्ष नै मानव बेचबिखनमा संलग्न

  • काठमाडौं । कुवेत पठाइदिने भन्दै श्रीलङ्का पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो । घले ०७३ सालदेखि फरार रहेको प्रहरीले जनाएको छ । घलेमाथि एक जना महिलालाई कुवेत पठाइदिन्छु भन्दै श्रीलङ्का पुर्‍याएको आरोप छ ।

    पीडितलाई कुवेतमा मासिक २८ हजार नेपाली रुपैयाँ तलबमा काममा लगाइदिने प्रलोभन देखाई भारतको नयाँ दिल्ली हुँदै भिजिट भिसामा कोलम्बो पठाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पीडितलाई बन्धक अवस्थामा नेपाल प्रहरीले विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धार गरेको थियो ।

    घलेमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij