
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र केन्द्र निर्धारण गरेको छ ।
इलाम–२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र निर्धारण भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बझाङमा हुने प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको आयोगले उल्लेख गरेको छ ।
बैशाख १५ गते हुने निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । पौडेलका अनुसार, मुलुकभर १० हजार ८९२ मतदान स्थल कायम भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij