Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

रविविरुद्ध पक्राउ पुर्जी जारी !

रविविरुद्ध पक्राउ पुर्जी जारी !

  • काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलका विजेता समेत रहेका गायक रवि ओडविरुद्ध आफ्नै श्रीमतीले वैवाहित बलात्कारको मुद्दा दायर गरेकी छिन् ।

    श्रीमतीले आफ्नै श्रीमानले आफूलाई बलात्कार गरेको उजुरी आएपछि कारवाही अगाडि बढाइएको कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर पुष्कर पन्तका अनुसार उजुरी आएपछि प्रहरीले कारवाही अगाडि बढाएको छ ।

    कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत रविकी श्रीमतीले वैवाहिक बलात्कारसम्बन्धी जाहेरी दिएकी हुन् । उजुरीपछि रविविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको बताइएको छ । श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको प्रहरीले बताएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij