काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राजीनामा नदिइ काम गर्ने बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजीनामा मागिरहेको बेला उनले यस्तो बताएका हुन् । संसद् भवन नयाँबानेश्वरमा भित्र बैठक जारी हुँदा बाहिर पत्रकारहरूसँग भेटेका उनले भने, “राजीनामा दिन्नँ, काम गर्छु ।”