
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने, तेजाबी सुनको मूल्य तोलाको १ लाख २३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij