
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशले ८ औं संस्करणको आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा आइतबार भएको खेलमा सुदूरपश्चिमले जावलाखेललाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
सुदूरपश्चिमले जावलाखेललाई पहिलो सेटमा २५–२१, दोस्रोमा २५–१३ र तेस्रोमा २५–१७ ले हराएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij