
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । प्रहरी नेतृत्वलाई माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगबले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका हुन् ।
निर्देशनका लागि गृहमन्त्री लामिछानेले आइतबार आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएका थिए ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ताको सरकारी जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।
बाँसबारी जग्गा प्रकरणमा संलग्न रहेकाहरूको समेत बयान लिन निर्देशन दिइएको छ । उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिइँदै छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij