
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको सुन तस्करीमा संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ ।
सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन बुझाएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
भेपमार्फत ल्याइएको सुन छुटाउन चिनियाँ गिरोहसँग महरा बाबुछोराको सम्पर्क देखिएपछि उनीहरूलाई अनुसन्धानमा तानिनु पर्ने माग हुँदै आएको थियो ।
हङकङबाट तस्करी भएको ६० किलो साथै भेपमा लुकाएर तस्करी गरिएको सुनलगायतका प्रकरणको जाँचबुझका लागि आयोग बनाइएको थियो ।
आयोगले हिजो गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij