Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित

  • काठमाडौं । ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारी घोषित गरेको छ । मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सहकारी समस्याग्रस्त घोषित भएको जानकारी दिएको हो ।

    images
    images
    images

    बचतकर्ता सदस्यको बचत रकम फिर्ता गर्न नसकेपछि सहकारी विभागका रजिस्ट्रारले उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्न सिफारिस गरेको थियो । सोही बमोजिम अब संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    उक्त सहकारीले बचत फिर्ता नगरेपछि बचतकर्ताले फेसबुकमा ग्रुप नै बनाई संघर्ष गर्दै आएका छन् । यससँगै देशभर समस्याग्रस्त घोषणा भएका सहकारीको संख्या आठ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij