
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राईको स्वास्थ्य अवस्था बुझ्न युवा तथा खेलकूदमन्त्री विराजभक्त श्रेष्ठ अस्पताल पुगेका छन् ।
मन्त्री श्रेष्ठसँगै एन्फा महासचिव किरण राई पनि बिहीबार साँझ अस्पताल पुगेका थिए । २९ फेब्रुअरीमा साउदी अरेबियामा भएको च्याम्पियनसिपको फाइनलमा उनको घुँडामा चोट लागेको थियो ।
फाइनल खेल्ने क्रममा घाइते भएकी उनी अन्य सहकर्मीहरूसँगै नेपाल फर्किएपछि उनको बीएण्डबी अस्पतालमा शल्यक्रिया गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij