Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । शुक्रबार मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आंशिक उपप्राध्यापकहरुले केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरेका छन ।
केन्द्रीय कार्यालयको मुलढोका, विस्तारित कार्यालय र केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा अविलम्ब करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै तालाबन्दी गरिएको आन्दोलनरत आंशिक उपप्राध्यापक श्याम थापाले बताए ।
‘विगत १० वर्षयता विद्यालयमा अध्यापन गराउँदै हामी लिखित, मौखिक सबै प्रक्रिया पूरा गरेका छौं ।’ उनले भने, ‘हाम्रा मागहरु पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्नेछौं ।’
विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मात्रै ३२ जना आंशिक उपप्राध्यापक रहेको र करार उपप्राध्यापकमा नियुक्ति गरिनुपर्ने मागसहित पठनपाठन नै बन्द गरेर आन्दोलनमा उत्रिएको थापाले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij