Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

चन्दाआतंक उपत्यकामा सरकारी कार्यालयमा

चन्दाआतंक उपत्यकामा सरकारी कार्यालयमा

  • काठमाडौं । काठमाडौं उपत्यकाका सरकारी कार्यालयका कर्मचारीहरूले चन्दाआतंकबाट पीडित बनेको गुनासो गरेका छन् । विभिन्न दलका भ्रातृ संगठनहरूले चन्दा माग्दै धम्क्याउने, पैसा नदिए मोसो दल्नेदेखि दुर्व्यवहारसम्म गरेका छन् ।

    images
    images
    images

    यसमा मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू प्रमुख छन् । उनीहरूले पैसा नदिनेलाई दुर्व्यवहार गर्दै आएका छन् ।

    यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल, दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीमाथि मोसो दल्दै दुर्व्यवहार भइसकेको छ ।

    अरू धेरै कार्यालयका कर्मचारीले चन्दा माग्दै धम्की दिएको भन्दै प्रहरीमा उजुरी गरेका छन् । प्रहरीले यस्ता घटनामा संलग्न सन्तोष परियार र दीपेन्द्र परियारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । मोसो दल्ने कतिपय फरार छन् । केही पक्राउ परे पनि पैसा माग्ने क्रम रोकिएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij