Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पसले माथि उधारो नदिएको भन्दै कुटपिट

पसले माथि उधारो नदिएको भन्दै कुटपिट

  • काठमाडौं । धादिङमा सामान उधारो नदिएको भन्दै पसल सञ्चालकमाथि कुटपिट भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका-१ पानीट्यांकीका किराना पसल सञ्चालक स्थानीय ५९ वर्षीय जिबबहादुर पाण्डेमाथि स्थानीय युवाहरुले कुटपिट गरेका हुन् ।

    images
    images
    images

    घटनामा पाण्डेका ३२ वर्षीय छोरा सन्तोष पनि घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार कुटपिट गर्नेमा स्थानीय २१ वर्षीय प्रकाश कुमाल, ३२ वर्षीय सुवास कुमाल र २४ वर्षीय गोरे कुमाल रहेका छन । कुटपिटमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई पक्राउ भने गरिएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij