
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई अध्ययन गरी २० गतेभित्र सिफारिस गर्न जिम्मा दिएको हो ।
सिफारिसअनुसार कार्यान्वयन हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij