
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । काठमाडौँको बानेश्वरस्थित संसद भवनमा निषेधित क्षेत्र तोडेर प्रवेश गरेकाे आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।
संसद भवनमा प्रवेश गरेकाे आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।
निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त प्रभावित हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij