Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

इलाम र बझाङमा आगामी बैशाख १५ गते उपनिर्वाचन हुने

इलाम र बझाङमा आगामी बैशाख १५ गते उपनिर्वाचन हुने

  • काठमाडौं । इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुवै क्षेत्रमा उपनिर्वाचनका लागि उक्त मिति तय गरिएको जानकारी दिए ।इलाम–२ बाट निर्वाचित सुवास नेम्वाङ र बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएपछि दुवै स्थान खाली छ ।

    images

    सरकारसँगको परामर्शको आधारमा प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ।उता स्थानीय तहको उपनिर्वाचन मिति भने आयोगको परामर्शमा सरकारले तोक्ने भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij