
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । कञ्चनपुर भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयभित्र एक युवती मृत भेटिएकी छन् । वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनका श्रीमान सोही नगरपालिकामा नगर प्रहरीमा कार्यरत छन् । उनी श्रीमानसहित वडा कार्यालयले उपलब्ध गराएको आवासमा बस्दै आएकी थिइन् । केही महिनाअघि मात्रै उनी विहे गरेर भीमदत्त नगरपालिका आएकी थिइन् ।
घटनाबारे दार्चुलामा रहेका माइती पक्षलाई खबर गरिएको छ । माइती पक्ष पुगेपछि शव पोस्टमार्टमका लागि लगिने प्रहरीले जनाएको छ । प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच गर्नुका साथै मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij