
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । लघुवित्त र सहकारीका साथै मिटरब्याजपीडितको समस्या समाधान गर्न गम्भीर रहेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् ।
सरकारले लघुवित्त र सहकारीका साथै मिटरब्याजपीडितका समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले बताएकी हुन् । उनले यसअघि पनि आयोग बनाएर नै मिटरब्याजपीडितको समाधानको प्रयास भइरहेको भन्दै बाँकी पीडितहरुको समस्या पनि समाधान हुने प्रतिबद्धता जनाइन् ।
व्यवहारिक रुपमा परेका समस्याहरुको एकीन गरेर समाधान गर्नैपर्ने उनको भनाइ छ । कानून अनुसार प्रशासन कार्यालयमा कर्मचारी व्यवस्थापन गरेर आएका समस्या समाधान गर्नका लागि सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।
आफूहरुको समस्या समाधान भएको भन्दै लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति नेपालको अगुवाईमा देशभरका मिटरब्याज र लघुवित्त पीडितहरु काठमाडौं आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij