Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

नेपालीले भारतमा सीम कार्ड पाउने प्रक्रिया सहज

नेपालीले भारतमा सीम कार्ड पाउने प्रक्रिया सहज

  • काठमाडौं । अब नेपालीले भारतीय सीम कार्ड लिन भीसा लागेको पासपोर्ट नचाहिने भएको छ । भारतका लागि नेपाली राजदूत शंकर शर्माले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार नेपाली भारतमा रहँदा आफ्नो परिचयपत्रका आधारमा भारतीय सिमकार्ड पाउनेछन् ।

    images
    images
    images

    ‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ,’ शर्माले लेखेका छन्, ‘पहिले प्राविधिक कारणले पाइँदैन थियो । राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो ।’

    images

    भारतले विदेशीले भारतीय सिमकार्ड लिन भिसा लागेको पासपोर्ट नै चाहिने नयाँ नियम ल्याएपछि भारतमा रहेका नेपालीहरू मारमा परेका थिए । नेपाली नागरिक भारत जाँदा भिसा आवश्यक पर्दैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij