Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

पूर्वमाओवादी लडाकु कमाण्डर बालिका बलात्कार आरोपमा पक्राउ

पूर्वमाओवादी लडाकु कमाण्डर बालिका बलात्कार आरोपमा पक्राउ

  • काठमाडौं । पूर्वमाओवादी लडाकु कमाण्डर बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । मकवानपुरकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुली मरिन गाउँपालिका-७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    गत मंसिर दोस्रो साता पीडित पक्षले उजुरी दर्ता गरेको थियो । फागुन ४ गते श्रेष्ठलाई पक्राउ गरेर पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिए ।

    जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी शान्ति प्रक्रिया अघि बढेपछि माओवादी लडाकुलाई राखिएको दुधौली शिविरमा थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij