
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । संघीयता आवश्यक भए उच्च अदालतलाई मजबुत बनाउन जरुरी रहेको नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताएका छन् ।
बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले उच्च अदालतलाई कमजोर बनाउन प्रयास भइरहेको बताए । संघीयता नचाहिएको हो भने सोही अनुसार भन्न सक्नुपर्ने अध्यक्ष घिमिरेको भनाइ छ ।
उनले सर्वोच्च अदालतले अहिले मुद्दाको माग धान्न नसकेको पनि बताए । अध्यक्ष घिमिरेले आवश्यक पर्दा संविधान संशोधनको प्रश्ताव अघि सार्नुपर्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij