Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पत्रकार पक्राउ परेको मुद्दामा थप दुई जना समातिए

पत्रकार पक्राउ परेको मुद्दामा थप दुई जना समातिए

  • काठमाडौं । कञ्चनपुरमा प्रहरीले पत्रकार पक्राउ परेको मुद्दामाथप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक र वडा नं १८ का कर्णबहादुर चन्द रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए ।

    images
    images
    images

    प्रहरीले विद्युतीय अपराधसम्बन्धी एक मुद्दामा पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यही मुद्दामा अनुसन्धानका लागि सोमबार धानुक र चन्दलाई पनि पक्राउ गरेको हो ।

    प्रहरीले यसअघि सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गरेको उजुरीका आधारमा शनिबार पत्रकार भट्ट र कुँवरलाई पक्राउ गरेको थियो । उनीहरु दुबै जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कञ्चनपुरले प्रहरीलाई अनुमति दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij