प्रहरीले बससहित चालक ३५ वर्षीय देहेन्द्रसिंह बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदाएक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-७ बाँसघारीका ५४ वर्षीय मुकुन्दप्रसाद तिमिल्सिना रहेका छन् ।
सूर्यविनायक नगरपालिका- १० पलासेमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा२ख ९४५४ नम्बरको बसले विपरीत दिशातिर जाँदै गरेको बा.७८ प.३१५५ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करपछि सख्त घाइते भएका मोटरसाइकल चालक तिमिल्सिनाको मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीले बससहित चालक ३५ वर्षीय देहेन्द्रसिंह बस्नेतलाई नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij